प्रदेश समाचार

सरकारले आर्थिक सर्वेक्षण २०८०/८१ संसदमा प्रस्तुत गरेको छ ।नेपाली कांग्रेसको विरोधका बीच सरकारले चालु आर्थिक वर्ष (आव) को अर्थतन्त्रको अवस्था समेटिएको दस्तावेज संसदमा प्रस्तुत गरेको हो । सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको बताए ।उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रमा आएको संकुचनबीच कृषि र सेवा क्षेत्रमा भएको विस्तारका कारण मुलुकको […]

सत्ता पक्ष र विपक्षीको धकेलाधकेलका बीच अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् । उनी आफ्नो आसनबाट उठेर रोष्ट्रमतर्फ अघि बढ्दा विपक्षी दलका सांसहरुले घेरा हालेर रोकेका थिए । पछि सत्ता पक्षकै सांसद र मर्यादापालकहरुको सहयोगमा मन्त्री पुन रोष्टममा पुगेका थिए ।

नेपाली कांग्रेसले संसदीय छानबिन समितिको कार्यादेशमा पुरानो अडान कायमै राख्ने निर्णय गरेको छ । आज बिहान कांग्रेस नेताहरुको आन्तरिक छलफलले सहकारीको रकम अपचलनमा संलग्न व्यक्तिको नाम उल्लेख गरी छानबिन समिति गठन हुनुपर्ने अडानमा कायम रहने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, ‘गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएर त पुग्दैन होला । […]


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च