प्रचण्ड र ओली

प्रचण्ड र ओली संघीयताविरोधी हुन् : मुख्यमन्त्री यादव

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली संघीयताविरोधी भएको आरोप लगाएका छन् ।

मधेश सरकार अल्पमतमा रहेकाले दीर्घकालीन महत्वको निर्णय नगर्न ध्यानाकर्षण गराउन आएका नेकपा एमाले, जनमत, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुसँग उनले प्रचण्ड र ओली संघीयताविरोधी भएको टिप्पणी गरेका हुन् ।

Advertisement

पहिला हामी केपी ओलीलाई संघीयता विरोधी भन्थ्यौं । उहाँ त भन्दै हुनुहुन्थ्यो कि मैले संघीयता चाहेको होइन, जबरजस्ती लादिएको हो, म मजबुर थिएँ । तर प्रचण्डलाई मैले अहिले कसरी हेरेँ भने प्रचण्ड संघीयता चाहने व्यक्ति पहिला थिए, तर अहिले संघीयताको घोर विरोधी हो । प्रचण्डले संघीयता चाहेकै छैनन्’, उनले भने ।

अहिलेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशमा चुनाव नै नलडेका कारण ऊ पनि संघीयताविरोधी भएको मुख्यमन्त्री यादवले बताए ।

Advertisement

उनले भने, ‘यो संघीयता चाहेको भए केपी ओली र रवि लामिछानेलाई ल्याएर सरकार बनाउनु हुँदैन थियो । रवि लामिछाने त प्रदेशमा अहिले पनि चुनाव लडेनन् । त्यस्ता मान्छेसँग गठबन्धन बनाउने नेतृत्वले देशमा संघीयता चाहेको छ ?’

मुख्यमन्त्री यादवले संघीयतामाथि प्रहार गर्न मधेश प्रदेशमा पटक पटक दलहरुले विश्वासको मत फिर्ता लिने गरेको र संघीय सरकारले कर्मचारीको सरुवा गरेको आरोप लगाए ।
all news are copy for developing purpose only

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.

No popular posts found for the last 7 days.

No popular posts found for the last one month.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च