छिप्पिँदो साँझ । शान्त वातावरणमा फेवा तालको डिलमा ठोक्किएका छालसँगै बहिरहेको हावाको चिसो झोंका ।
पोखराको फेवा किनारमा धेरै देखिने दृश्य हो, कुम जोडेर गफिंदै बसेका प्रेमिल जोडीहरु । फूट ट्रयाकमा बच्चालाई डोर्याउँदै हिँडेका बाबुआमा र विभिन्न उमेर समूहका मान्छेहरुको ओहोरदोहोर ।
Advertisement
कोही ताल किनारमा ‘स्ट्रिट फुड’को स्वाद चाखिरहेका छन् त कोही भाउ सोधेरै टाउको बंग्याएर हिँड्दैछन् । २८ वैशाखको साँझ फेवाताल किनार लेकसाइडमा अनलाइनखरको रिपोर्टिङ टिम पुग्दा घाम डुबेको धेरै बेर भइसकेको थिएन । तर, लेकसाइड आनन्दमा रम्ने तरखरमा देखिन्थ्यो ।
झम्के साँझमा कोही रेस्टुरेन्टमा चिसो बियर समातेर पिउन बसेका थिए, कोही स्न्याक्ससँग सफ्ट र हार्ड ड्रिंक्सको मज्जा लिंदैछन् ।क्याफेमा कफी पिउनेको संख्या पातलिंदो भएपनि चिसोेको चुस्कीसहित पोखरेली स्वाद र आतिथ्यतामा मन्त्रमुग्ध छन् ।
Advertisement
कसाइडकै एक रेस्टुरेन्टमा लाइभ ब्यान्ड म्युजिकमा सञ्जीव प्रधानको गीत गाइँदै छ, ‘देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को…’ । कतै गजल लाइभमा शिव परियारको गीत पनि बज्दै छ,‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल…।’
all news are copy for Developing purpose only
प्रतिक्रिया