बालेनले गरेको फोहोर राजनीति

काठमाडौं महानगरपालिकाले शनिबार कार्यालय बन्द भएको समयमा सडक विभाग र डिभिजन सडक कार्यालय, काठमाडौंको मूलगेटमा फोहोर थुपारिदियो ।

फोहोर फालेको भिडियो महानगरका मेयर बालेन शाह आफैंले सामाजिक सञ्जालमा सार्वजनिक गरे ।

Advertisement

मेयर बालेनले संघीय सरकारलाई ‘मायाको चिनो’ भन्दै थुपारेको फोहोर सम्बन्धित कार्यालय आफैंले उठाएको छ, तर सामाजिक सञ्जालमा भने हुरीले उठाए जस्तैगरी फैलियो ।

कतिपय सर्वसाधारणले बालेनको कदमको तारिफ गरेका छन् । तर राजनीतिक विश्लेषकहरु भने जनताले परम्परागत दलहरुको विकल्पमा चुनेका मेयरको शासन शैलीले विधिको शासनभन्दा अराजकतालाई बल दिने चिन्ता व्यक्त गर्छन् ।

Advertisement

न्यूरोडमा फुटपाथ विस्तार गर्न नपाएको रिस

कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारमा ढिलासुस्ती गर्दा महानरबासीले धुलो खानु परेकाले भौतिक पूर्वाधारमन्त्रीलाई पनि उपहार दिएको दाबी गरेका बालेनले गरेका छन् । तर यो घटना रिङरोडभन्दा न्यूरोडसँग जोडिएको देखिन्छ ।

Advertisement

काठमाडौं महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने योजना अघि सारेको थियो । न्यूरोड क्षेत्रमा हाल ११ मिटरको सडक छ भने दुवैतर्फ फुटपाथ छ । महानगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत सडकलाई ७ मिटरमा झारेर फुटपाथ ४ देखि साढे ४ मिटरसम्म बनाउने योजना अघि सार्‍यो ।

त्यसका लागि अनुमति माग गर्दै ४ असोजमा सडक डिभिजन कार्यालय, काठमाडौंमा पत्र पठायो । ८ मंसिर २०८० मा टेन्डर आह्वान गर्‍यो, जसमा २ करोड ५६ लाख ९५ हजार रुपैयाँ कबोल गरेको पशुपति कन्स्ट्रक्सनले ठेक्का पायो ।

फुटपाथ विस्तारकै लागि महानगरले ८ माघदेखि न्यूरोड क्षेत्रमा सडकमा हुने गरेको एकतर्फ पार्किङ पनि हटाएको छ ।

तर सडक विभागले अहिलेसम्म अनुमति दिएको छैन । पछिल्लो पटक ११ जेठ (शुक्रबार) मेयर बालेन आफैं सडक डिभिजन कार्यालय, मीनभवन पुगेर कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायणदत्त भण्डारीसँग छलफल गरे ।

‘उहाँले आफ्नो योजना सुनाउनुभयो, हामीले कानुनी प्रावधान भन्यौं’, भण्डारीले भने, ‘सडकको चौडाइ घटाउन त क्याबिनेटले नै निर्णय गर्नुपर्छ भनेपछि उहाँ कन्भिस हुनुभएको थियो, तर शनिबार अचानक सडक काट्न थाल्नुभएछ ।

शनिबार बिहानै पशुपति कन्स्ट्रक्सनका कामदारले न्यूरोड क्षेत्रमा सडकको पिच काट्न थालेका थिए । सुरुमा स्थानीयले विरोध गरे । त्यसपछि सडक डिभिजन कार्यालयको टोली आयो ।

टोलीले अनुमति विना सडकको पिच काटेको भन्दै काम रोक्न लगाउनुका साथै पिच कटर समेत जफत गर्‍यो ।

कार्यालय प्रमुख भण्डारीका अनुसार यो सडक डिभिजन सडक कार्यालयको मातहतमा पर्छ र यहाँ कुनै पनि काम गर्दा कार्यालयबाट अनुमति लिनुपर्छ । महानगरले सडक घटाएर फुटपाथ विस्तार गर्ने योजनाबारे जानकारी गराए पनि अनुमति पाएको थिएन । त्यसैले काम रोक्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

4 thoughts on “बालेनले गरेको फोहोर राजनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.

No popular posts found for the last 7 days.

No popular posts found for the last one month.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च