विश्वकपमा गुमाउनु केही छैन, गर्व महसुस गराउने गरी खेल्छौं : सोमपाल कामी

अमेरिका र वेस्टइन्डिजमा एक सातापछि हुने टी–२० विश्वकपका लागि अहिले नेपाली टोली अमेरिकामा विभिन्न स्थानीय क्लबसँग ‘वार्मअप’ खेल खेलिरहेको छ । वार्मअप खेलमा पनि सकारात्मक नतिजा ल्याइरहेको नेपाली टिम विश्वकपमा भिड्न उत्तिकै उत्साहित देखिन्छ ।

विश्व क्रिकेटका ‘पावर हाउस’सँग भिड्नुअघि सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ । तर त्योभन्दा अगाडि आफ्नो समूहमा रहेको नेदरल्यान्डसलाई पहिलो खेलमै हराएर ‘मोमेन्ट क्याच’ गर्ने दाउमा नेपाली टिम छ ।

Advertisement

‘मेन टार्गेट नै फर्स्ट गेम जित्ने हो । त्यो मोमेन्टम क्यारी गर्‍यौं भने जुन हिसाबले यूएसएले बंगलादेशलाई हरायो, त्यसरी नै सुपर ८ मा पुग्न एक्साइटेड छौं’, नेपाली टिमका प्रमुख खेलाडी सोमपाल कामीले भने, ‘तर त्योभन्दा मुख्य गोलचाहिँ नेदरल्यान्डसलाई हराउनु हो ।’

नेपाल १० वर्षपछि विश्वकपमा छानिएको हो । १० वर्ष विश्वकप खेलेका तीव्र गतिका बलर सोमपालमात्रै अहिलेको टिममा दोहोरिएका छन्, बाँकी सबै खेलाडी पहिलो पटक विश्वकपमा सहभागी हुन लागेका हुन् ।

Advertisement

आइतबार ह्युस्टनमा खेल पत्रकारहरुसँग प्रतिक्रिया दिँदै सोमपालले आफूहरुले नेपाली दर्शक र समर्थकलाई निराश बनाउने पक्षमा नरहेको सुनाए । लामो समयदेखि सँगै खेलेका टिम नै विश्वकपमा आएकाले त्यसले जित निकाल्न सहज हुने उनको विश्वास छ ।

‘हाम्रो जीतको आधार युनिटी नै हो । २, ३ वर्षदेखि हामी सँगै खेलिरहेका छौं । त्योभन्दा अगाडि १९ लेभलदेखि नै सँगै खृलरहेका छौं’, सोमपालले भने, ‘बाउन्डिङ पनि राम्रो छ । कम्युनिकेसन राम्रो छ । त्यसले हामीलाई राम्रो गर्छ भन्ने लाग्छ ।’

Advertisement

विश्वकप आफूहरुको लागिमात्रै नभएर क्रिकेटमा आउन चाहेका नयाँ पुस्ताका लागि पनि राम्रो अवसर भएकाले यसलाई गुमाउने पक्षमा नरहेको सोमपाल बताउँछन् । आफूहरुले विश्वकपमा राम्रो गरे नयाँ पुस्तालाई ‘मोटिभेट’ गर्ने जिम्मा आफूहरुको रहेको उनको भनाइ छ ।

विश्वकपमा आफूहरुले गुमाउनुपर्ने केही नरहेकाले कुनै पनि तनावबिना खेल्न तयार रहेको सोमपाल बताउँछन् । ‘वल्डकर्पमा प्रेसर केही पनि छैन । हामीलाई गुमाउनु केही छैन, सबैजना पोजेटिभ एटिट्युडले आएका छौं’, उनले भने, ‘केही प्रुभ गर्न आएका हौं । योभन्दा राम्रो प्लेटफर्म केही छैन । सबैजना एक्साइटेड छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.

No popular posts found for the last 7 days.

No popular posts found for the last one month.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च