दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा

आईसीसी टी-२० अलराउन्डर वरियतामा हार्दिक पाण्ड्याभन्दा दीपेन्द्रसिंह अगाडि, छैटौं स्थानमा उक्लिए

दीपेन्द्र पछाडी सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको टी–२० अलराउन्डरको नयाँ वरियताक्रममा दीपेन्द्रले ३ स्थान सुधार गरेका हुन् । यसअघि उनी नवौं स्थानमा थिए ।

Advertisement

वरियता सुधार्ने क्रममा दीपेन्द्रले भारतीय अलराउन्डर हार्दिक पाण्ड्यालाई समेत उछिनेका छन् । आइसीसीले जारी गरेको वरियताअनुसार अष्ट्रेलियाका मार्कस स्टोनिस विश्व अलराउन्डर वरियतामा एक स्थान सुधार गर्र्दै पहिलो स्थानमा उक्लिएका छन् ।

श्रीलंकाका वनिन्दा हसरङगा दोस्रो स्थानमा, बंगलादेशका शकिल अल हसन तेस्रो स्थानमा छन् । चौथो स्थानमा अफगानस्थानका मोहम्मद नाबी रहेका छन् भने पाँचौंमा जिम्बावेका सिकन्दर राजा रहेका छन् ।

Advertisement

त्यस्तै, दीपेन्द्र पछाडी सातौं नम्बरमा भारतका हार्दिक पाण्ड्या, आठौंमा इङ्ल्यान्डका लाइम लिभिङस्टोन र इंग्ल्यान्डकै मोइन अली नवौं स्थानमा छन् । शीर्ष १० मा दक्षिण अफ्रिकाका एडेन मक्रम पनि परेका छन् ।

this news is copy for developing purposer source onlinekhabar

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

No popular posts found for the last 24 hours.

No popular posts found for the last 7 days.

No popular posts found for the last one month.


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च